
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका मौवा खोलामा गएराती सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ ।
गएराति पहिरो गएपछि पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै पुन ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ ।
सडक खुलाउने प्रयास भईरहेको छ । तर अहिले पनि पहिरो झरिरहेको छ । निरन्तर पहिरो झरिरहेकोले रहेकाले पहिरो पन्छाउन समस्या भएको बताईएको छ । सडक खुलाउन समय लाग्ने बताईएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।
यसअघि मुग्लिन–नारायणगढ खण्डको तुइन खोला नजिक सुख्खा पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या भएको थियो । फेरि धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् ।
दसैंका लागि गाउँ गएकाहरु बाटोमा नै अलपत्र परेका छन् ।