
काठमाडौं, असोज ७ :
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
आजको बैठकमा देशको समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण ,परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा,पार्टी सङ्गठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको महाधिवेशन लगायत बिषयमा छलफल हुने बताईएको ।