असोज ८ :

मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत  तुईनखोलामा गएको  पहिरो हटाउने काम भईरहेको छ । थप पहिरो खसेन भने बढीमा दुईदिनभित्र सडक खुल्ने अनुमान गरिएको छ ।

सो सडक खण्डमा अहिले दुबैतर्फका गाडीहरुलाई बैकल्पिक बाटोबाट यातायात गर्न भनिएको छ ।

बैकल्पिक बाटोको रपमा  त्रिभुबन राजपथ(नौबिसे -हेटौडा) , कान्ति राजमार्ग(सातदोबाटो – भैरब मन्दिर -बगुवा -लेनडाडा -हेटौडा) कालीगण्डकी कोरिडोर बाट छिरेर ( गैडाकोट -पाल्पा राम पुर-भिमाद -तनहु ), धादिंग(फिर्केखोला -धादिंग बेशी -सल्यानटार)-गोर्खा (आरुघाट -आबुखैरेनी) , बुटवल -पोखरा बैकल्पिक सडक प्रयोग भइरहेको छ | यी बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।