आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश मधेस प्रदेश

कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ असोज, २०८२ मा प्रकाशित
कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाडौं, असोज ८ :

नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले समर्थन फिर्तासँगै नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको हो।

संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार, कांग्रेसले जनमत पार्टीको नेतृत्वमा बनेको सरकारलाई समर्थन दिएको भए पनि जनमतले नै समर्थन फिर्ता लिएपछि कांग्रेसको समर्थन निरर्थक भएको बताइएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले भदौ २४ गते राजीनामा घोषणा गरे पनि पछि निर्णय परिवर्तन गरेका थिए। जनमतले भदौ ३१ मा आफ्ना मन्त्रीहरू फिर्ता गर्दै समर्थन फिर्ता लिइसकेको छ। एमालेले भने सिंहलाई विश्वासको मत दिने संकेत दिइसकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार