काठमाडौं, असोज ८ :

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा  आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अध्यादेश जारी गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिलाई भेटेर निवार्चनको तयारी र सुरक्षाबारे जानकारी गराएकी थिइन् ।