शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति प्रदेश कोसी प्रदेश

अर्थमन्त्री खनाल भन्छन्- प्रदेश संरचना खारेज हुँदैन

१ हजार र ५०० को नोट प्रतिबन्ध लगाउने तयारी छैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ असोज, २०८२ मा प्रकाशित
अर्थमन्त्री खनाल भन्छन्- प्रदेश संरचना खारेज हुँदैन
काठमाडौं, असोज ८ :

अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे । 

एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा  १ हजार र  ५०० को नोट प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल नभएको जानकारी दिए । भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स सेल्स ट्याक्स’घटाएको सम्बन्धमा अध्ययन भइरहेको तथा उद्योग व्यवसाय एवं औद्योगिक प्रतिष्ठानमा क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार