काठमाडौं, असोज ८ :

काठमाडौं उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसो देखिको वर्षापछि अहिले बाढी आएको छ ।

यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोला लगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसोदेखिको वर्षा निरन्तर रहिरहे जल सतह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । काठमाडौँ आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ ।