शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

· बुधबार, ८ असोज, २०८२ मा प्रकाशित
मन्त्री घिसिङसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
काठमाडौं, असोज ८ :

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन्। । 

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटमा नेपाल–अमेरिकी सहयोग,अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, निर्वाचन र सुशासन कायम गर्नु रहेको बताए ।

राजदूत थम्पसन अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार