काठमाडौं, असोज ९ :

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज  बिहान ११ बजे बस्दैछ ।
 
प्रज्ञा भवनमा बस्न लागेको केन्द्रीय समितिको  बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा पनि  बैठकमा छलफल हुने बताईएको छ । साथै बैठकमा फागुन २१ गते हुने आम निर्वाचन ,पार्टी एकता  तथा राहत तथा पुनर्निर्माण लगायतका एजेन्डामा समेत बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ ।

यसअघि  पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डाहरु तय गरेको हो ।