
काठमाडौं, असोज ९ :
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ । खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो।
उनको दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । मृत महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।