
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब पुराना र भ्रष्टीकृत राजनीतिक दलहरूलाई फेरि सक्रिय हुन दिनु नहुने बताएका छन्।
नेसपाको अध्यक्ष पदबाट राजीनामा दिएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस, एमाले, र माओवादी केन्द्रजस्ता पुराना पार्टीका नेताहरूबाट सुधारको अपेक्षा गर्नु बेकार भएको बताए।
उनले नयाँ पुस्ताका नेताहरूले पुराना पार्टीहरूभित्रै विद्रोह गर्नुपर्ने र नयाँ, वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्नेमा जोड दिए।
भट्टराईले नयाँ शक्ति, विवेकशील, रास्वपा, बालेन शाह, हर्क साम्पाङजस्ता नेताहरूलाई एउटै प्लेटफर्म वा मोर्चामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए।
अब उनी स्वतन्त्र नागरिकको रूपमा वैकल्पिक राजनीतिक अभियानमा लाग्ने छन्। उनले जेनजी विद्रोहलाई जायज आन्दोलन भने पनि त्यसमा बाह्य चलखेलको खतरा रहेको बताएका छन्।