
काठमाडौं, असोज ९ :
निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रिया सुरु गरेको छ। आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै मतदाता नामावली दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएको छ।
मतदाता नामावली दर्ता कात्तिक ३० गतेसम्म गर्न सकिनेछ। १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सक्नेछन्।सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेसँग मतदाता नामावली दर्ता प्रक्रिया अघि बढेको हो ।
मतदाता नामावली दर्ता सातै प्रदेशका निर्वाचन कार्यालयमा बिदाको दिनबाहेक बिहान ८ बजेतदेखि ६ बजेसम्म गर्न सकिने आयोगको विज्ञप्तिमा छ।
