काठमाडौं, असोज ९ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । उनकी आमा शारदादेवी लेखकको आज उपचारका क्रममा काठमाडौँका ह्याम्स अस्पतालमा निधन भएको हो ।

८९ वर्षीया लेखक लामो समयदेखि दमको समस्याबाट प्रभावित थिइन् । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको लेखकको पारिवारिक स्रोतले जनाएको छ । उनका चार छोरी र एक छोरा छन् ।