काठमाडौं, असोज १० :

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

आजको बैठकमा टोली नेताहरूले धारणा राख्ने बताईएको छ।  विभिन्न १० वटा समूह बनाएर हिजोबाट नै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

हिजोबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।


अध्यक्ष प्रचण्डले राखेको प्रस्तावमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका थिए ।