
सिन्धुपाल्चोक, असोज १० :
सिन्धुपाल्चोकको बलेफि गाउँपालिका-५ बलेफि स्थित अरनिको राजमार्गबाट डेलिभरी भ्यान भोटेकोशी नदीमा खसेर बेपत्ता भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका-१० सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा आज बिहान नदीमा खसेको हो ।आज बिहान सिन्धु दुग्ध डेरीको दुध संकलनको लागि जाँदै गरेको बा १२ च ६५९४ न को मारुती मिनि डेलिभरी भ्यान सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
भ्यान खस्दा भ्यान चालक काभ्रे पनौति नगरपालिका-१० का २३ बर्षिय नवराज खुलाल बेपत्ता भएका छन् ।
हाल र्याफ्टिङको सहायताले बेपत्ता भ्यान चालक खनालको खोजी जारी छ ।