
काठमाडौं, असोज १० :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् । बनस्थलीस्थित केन्द्रीय कार्यालय रहेको घर तीन महिनाभित्र खाली गरिदिन घरधनी भरतमणि देवकोटाले अल्टिमेटम दिएका हुन् ।
उनले भने, ‘१० महिनाको भाडावापतको रकम पाएको छैन । सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको छु।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा घरबेटफ देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।