शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रधानमन्त्री कार्यालयले भन्यो- प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १० असोज, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्यालयले भन्यो- प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन
काठमाडौं, असोज १० :

प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ ।

‘प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार