माओवादी केन्द्रले आगामी मंसीरका विशेष महाधिवेशन गर्ने भएको छ । शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनका लागि पार्टीको पदाधिकारी हटाएर अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समिति पनि गठन गरिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनले सो महाधिवेशन आगामी मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय गरिएको पनि जानकारी दिए । बैठकले निर्वाचनमा जाने निष्कर्ष निकाल्दै त्यसका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ । बैठकले जेनजी आन्दोनलको क्रममा क्षति भएको सार्वजनिक तथा पार्टीको संरचना निर्माणका लागि स्वमयसेवक परिचालन गर्ने भएको छ ।
प्रवक्ता सापकोटाले भने,‘जेनजी आन्दोलनलाई विश्लेषण गरी पार्टीको विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रिय समिति विघटन गरी आयोजक आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्ष लगायत सबै पदाधिकारीको व्यवस्था अहिले स्थगित गर्ने । महाधिवेशनमा जेन—जी लगायत युवाहरुको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने । हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमानै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रुपले होमिनुपर्छ भन्ने निर्णय गर्दछ । राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भिर संकटमा रहेको वर्तमान सन्दर्भमा समाजवादी मोर्चामा रहेका दलहरुलाई पार्टी एकता र धुव्रीकरणको प्रक्रिया अगाडि बढाईनेछ । विचार मिल्नेसँग अन्य बुँदाहरुमा पनि सहकार्य गरिनेछ । क्षतिग्रस्त सार्वजनिक तथा सरकारी संरचनाको सम्बन्धित निकायहरुसँग समन्वय गरी स्वमयसेवक तथा आवश्यक सहयोग परिचालन गर्ने । ।’
माओवादीले नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि आयोग गठन गर्ने भएको छ । प्रवक्ता सापकोटाकाअनुसार तत्काल छानबिन समिति बनाएर नेताहरुको सम्पत्ति छानबिनको काम सुरु गर्ने निर्णय गरिएको छ ।
उनले भने, ‘सम्पत्ति छानविन आयोग बनाएर सम्पत्तिको छानबिन गर्ने । त्यो पदाधिकारीबाट शुरु गर्ने । कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढंगले सोच्ने । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने निर्णय गरियो ।’
त्यस्तै, अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई समेट्ने तथा महाधिवेशनसम्म छलफल गर्दै जाने पनि निर्णय गरेको छ।त्यस्तै बैठकले ‘नेपोटिज्म’बारे कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने भएको छ ।जेनजीलाई पार्टीका सबै कमिटीहरुमा अधिकतम सहभागी गर्ने तथा युवाहरूलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।आइटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी केन्द्रीय कार्याल, सचिवालय र नेताका परिवारको व्यवस्थापनको कामलाई नयाँ ढंगले अघि बढाउने निर्णय पनि गरिएको माओवादी केन्द्रले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान