
सर्लाही, असोज ११ :
सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–५ हुलाकी सडक खण्डमा गए राति स्कारपियो र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल चालक २३ वर्षीय अङ्कित चौधरी र पछाडि बसेका २५ वर्षीय रोहित सहनीको मृत्यु भएको छ ।
गए राति करिब ८ बजे पर्साबाट भेल्हीतर्फ जाँदै गरेको नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
२३ वर्षीय शिवशंकर पण्डित घाईते भएका छन् ।
घटनापछि स्कारपियो चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।