
काठमाडौं, असोज १२ :
नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठक भक्तपुरको गुण्डुस्थित ओली कै निवासमा बस्ने बताइएको छ ।
बैठकमा हालैको जेनजी प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थिति र त्यसले पार्टीभित्र पारेको प्रभावबारे छलफल हुने सो पार्टीले जनाएको छ ।साथै पार्टीको आगामी रणनीति र नयाँ कार्य दिशा तय गर्ने पनि बताइएको छ ।
जेनजी प्रदर्शनपछि पहिलो पटक एमाले सचिवालय बैठक आज बस्न लागेको हो ।