चाडपर्व लक्षित सुरक्षा सचेतनाका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलले आज संयुक्त रूपमा ट्राफिक वाक कार्यक्रम आयोजना गरेको छ।
विभिन्न जनचेतनामूलक प्ले कार्ड सहित संयुक्त रूपमा आयोजना गरिएको ट्राफिक वाक र्याली काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सुरु भएको थियो । सो र्याली काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पुगेपछि औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न जनचेतनामुलक सन्देश सहितका प्लेकार्ड लिएर ट्राफिक प्रहरी र महानगर प्रहरीहरुले र्याली निकालेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।