
काठमाडौं, असोज १३ :
काठमाडौंको भीमसेन थानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं महा नगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेन स्थान नजिकको एक घरबाट आगलागी सुरु भएको थियो ।
घरमा रहेको कपडा गोदामबाट सुरु भएको आगो मन्दिरमा पनि सल्किएको थियो ।
नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भईरहेको छ ।
बिहान करिब ४ आगलागी भएको थियो । क्षतिको विवरण सङ्कलन भईरहेको छ ।