शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

चाडपर्वका समयमा कुनै किसिमको उपहार स्वीकार नगर्न आफ्ना नेताहरुलाई रास्वपाको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ असोज, २०८२ मा प्रकाशित
चाडपर्वका समयमा कुनै किसिमको उपहार स्वीकार नगर्न आफ्ना नेताहरुलाई रास्वपाको निर्देशन
काठमाडौं, असोज १३ :

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरू बाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरेको छ । आज विज्ञप्ति जारी गर्दै  सो निर्देशन दिएको हो

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन समेत अनुरोध गरिएको छ ।

विज्ञपतिमा भनिएको छ जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ । तसर्थ यस पटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टी पंक्तिमा अनुरोध समेत गरेको छ ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार