काठमाडौं, असोज १४ :

सोमबार भएको दोस्रो टी-२० आई खेलमा नेपाल ९० रनले विजयी भएको छ। योसँगै नेपालले २-० ले एक खेलअगाबै सिरिज आफ्नो बनाएको हो।

आदिल अन्सारीको सानदार बलिङसँगै नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज आफ्नो बनाएको हो ।  जित्नलाई १ सय ७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७.१ ओभरमा ८३ रनमा अल आउट भयो । 
नेपालले पहिलो खेलमा १९ रनको जित हात पारेको थियो। अब नेपालले मंगलबार अन्तिम खेल खेल्नेछ।

तीन खेलको टी२० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोली विरुद्ध यो पहिलो टी २० आई सिरिज उपाधि समेत हो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए । यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे ।

नेपालको लागि  आदिल आलमले ४ विकेट लिए । यस्तै, कुशल भुर्तेलले तीन, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७३ रनको योगफल बनाएको थियो ।  

नेपालका लागि आसिफले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ६८ रनको योगदान गरे  । यसैगरी सन्दीप जोराले ३९ बलमा पाँच छक्का र तीन चौकासहित ६३ रन बनाए । यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए ।

यता वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई दुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए ।