मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति

सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ असोज, २०८२ मा प्रकाशित
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल
काठमाडौं, असोज १६ :

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गरेका छन् ।

उनले भनेका छन्, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु । विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने उनको विश्वास छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार