काठमाडौं, असोज १८ :

अविरल वर्षासँगै काठमाडौंको विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन्।

बागमती खोला किनारमा रहेका सुकुम्वासी बस्तीहरूमा पानी पसेको छ । पानी पसेपछि स्थानीयवासी विस्थापित हुन थालेका छन्।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरी सुकुम्बासी बस्ती खाली गरिदैछ ।   सुरक्षाकर्मीहरूले  नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा सामान सार्न सहयोग गर्ने काम भइरहेको छ।

लगातारको वर्षाले खोला–नदीको जल सतह बढ्दै गएको छ ।

बागमती, मनोहरा र विष्णुमती आसपासका तटीय बस्तीहरूमा विशेष जोखिम देखिएको छ ।