रसुवा, असोज १८ :

रसुवाको लाङटाङ घुम्न गएका ४ जनालाई गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा बेपत्ता भएका छन् ।

भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जनालाई  खोल्साले बगाएको हो ।   वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ ।

उनीहरूसँगै घुम्न गएका रोज कर्माचार्यले घटनाकव जानकारी गराएका थिए ।  अहिले प्रहरी सो स्थानतर्फ  गई सकेको छ ।