शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

रौतहटमा सबैभन्दा बढी ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा

· शनिबार, १८ असोज, २०८२ मा प्रकाशित
mausam-bivag
काठमाडौं, असोज १८ :

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए। उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ । यो आज राति ८:३० बजेको अध्यावधिक विवरण हो ।

पछिल्लो २४ घण्टाको तथ्यांक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरूमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो । बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरमा पनि भारी वर्षा भइरहेको छ । ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ । चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ । ५० देखि १०० मिलिमिटरको बीचमा वर्षा हुने जिल्लाहरु भने दर्जनौँ रहेका छन् ।

विभागको बाढी पूर्वानुमान महाशाखाले अहिलेसम्म ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गसिकेको  जनाएको छ । रौतहट, बारा, पर्सा वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरन समेत बजाइएको छ । राति पनि भारी वर्षा जारी रहने भएकाले सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

अहिले वंगालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले आज साँझदेखि आउँदो २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान सार्वजनिक गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार