चितवन, असोज १९ :

तुइन खोलाको पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवनको इच्छा कामना गाउँ पालिका–५ स्थित तुइन खोलामा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक दुई तर्फी रूपमा सञ्चालन गरिएको छ ।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको सडक पहिरो पन्छाएपछि आज बिहानबाट दुबैतर्फका सवारीका लागि सडक खुला गरिएको हो । पहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुने गरेको छ।