
इलाम, असोज १९ :
इलाममा गएराति गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । पहिरोले २ वटा घर पुरेको छ ।
यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।
इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको बताईएको छ । पहिरोमा परेकाहरुको खोजी तथा उद्धारको कार्य जारी छ ।