शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

पाँचथर बोलेरो दुर्घटना :मृतक र घाईते सबैको पहिचान खुल्यो

· आइतबार, १९ असोज, २०८२ मा प्रकाशित
accident-nepali
पाँचथर, असोज १९ :

तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ ।  

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मोरङको उर्लाबारी नगरपालिका–८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका–२ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका–४ का २१ वर्षीया गीता हाङगाम छन् ।
    
घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमा मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका–४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाइँ रहेका छन् । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार