काभ्रेपलाञ्चोक, असोज १९ :

बीपी राजमार्ग अन्तर्गतको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ ।

सडक भाँसिएपछि सो सडकखण्डमा आवतजावत बन्द भएको छ ।  धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको प्रहरीले जनाएको छ ।

सडक भासिएपछि भकुन्डे–धुलिखेल सडक सन्जालबाट टुटेको छ ।