इलाम, असोज १९ :

पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१ मा तीन जनाको मृत्यु भएको हो ।

पहिरो खसेका कतिपय स्थान दुर्गम क्षेत्रमा रहेकाले घटनास्थलतर्फ प्रहरी जानेक्रम जारी छ । पहिरोमा परेकाहरुको स्थानीयले उद्धार गरिरहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने उनले बताइन् ।

यसैबीच पहिरोमा परी नौ जना बेपत्ता भएका सशस्त्र प्रहरी बलले जनाएको छ ।