चितवन, असोज १९ :

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड आज पूर्ण रुपमा संचालनमा आएको छ ।

अबिरल बर्षाका कारण गएको पहिरोका कारण हिजोदेखि अवरुद्ध सडक आज दिउँसोबाट खुलेको प्रहरीले जनाएको छ  ।  तुइनखोलाको  पहिरो सबै पन्छाएपछि सडक पुर्ण रुपमा खुलाईएको हो । अहिले सवारी आवागमन पुर्ण रुपमा संचालनमा भईरहेको छ ।

शुक्रबारदेखिको अविरल वर्षाले पहिरो खसेपछि चितवन हुँदै जाने सबै  सवारीसाधनलाई होल्ड गरिएको थियो ।

मौसममा केही  सुधार भएसँगै राजमार्गहरूमा सवारी साधनहरू संचालन भईरहेका छन् । कतिपय अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भईरहेको छ । केही सडकहरु भासिएका कारण छिट्टै खुलाउन नसकिने पनि बताईएको छ ।