
काठमाडौं, असोज १९ :
सहरी विकास मन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति नभएको बताएका हुन् । उनले वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताएका छन् ।
इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय क्षति भएको मन्त्री घिसिङको भनाइ छ । उनले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गरेका छन् ।
वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै त्यसलाई सरकारले प्राथमिकताका साथ पुनर्निर्माणमा लाग्ने बताए ।