शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने

· आइतबार, १९ असोज, २०८२ मा प्रकाशित
वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने
काठमाडौं, असोज १९ :

रूपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर  उडान मार्फत काठमाडौं ल्याइने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्य सचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याइने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए ।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याइने भएको हो ।

वायुसेना निगमले पनि आजै प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम भोलि असोज २० गते उद्धार उडान गरिने जनाएको छ । ‘ए’ ३२० विमानमार्फत  काठमाडौं–भैरहवा–काठमाडौं उडान हनेछ । ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं फर्किने निगमले जनाएको छ । त्यसका लागि काठमाडौंबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ ।

उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार