काठमाडौं, असोज १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विपद्का बेला वर्तमान राज्य संयन्त्रले देखाएको तदारुकताको सराहना गरेको छ ।

आइतबार बसेको सो पार्टीको बृहत् भर्चुअल बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाले सरकारको नेतृत्व गम्भीर र इमानदार हुँदा जनताले सरकार छ भन्ने अनुभूति गर्न पाएको समेत जनाएको छ ।

बैठक पछि प्रवक्ता मनिष झाले जारी गरेको निर्णयमा सरकार बलियो सांसदको धेरै संख्याले हैन बलियो सार्वजनिक सेवाले हुने कुरालाई उल्लेख गरिएको छ ।

पार्टीले यो विपद्को घडी दौरान आफ्नो ठाउँबाट गर्दै गरेको समन्वय र सहयोगलाई निरन्तरता दिने जनाउदै आवस्यक उद्धारकार्यमा आफ्नो सीप र दक्षता अनुसार संलग्न हुन पार्टीको सबै तहमा आव्हान गरेको छ ।


बैठकले तुलनात्मक रूपमा कम प्रभावित प्रदेशहरूलाई विपत्तिबाट धेरै प्रभावित प्रदेशहरूलाई सहयोग गर्न सम्बन्धित प्रदेशका सबै कमिटीलाई अनुरोध गर्नुका साथै आवस्यकता अनुसार राजमार्गहरूमामा यथाशीघ्र हेल्प डेस्क स्थापना गर्न आव्हान गरेको छ ।