शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि

· आइतबार, १९ असोज, २०८२ मा प्रकाशित
mausam-bivag
काठमाडौं, असोज १९ :

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोशीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ ।

सुनसरीको चतरा क्षेत्रमा बिहानैदेखि खतरा तह पार गरेर कटान भइरहेको विभागका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले जानकारी दिए । त्यस क्षेत्रमा बिहानदेखि वर्षा रोकिए पनि सप्तकोशीको माथिल्लो भेगमा परेको पानीले यस्तो भएको उनले सुनाए । सप्तकोशीका सहायक नदीको बाढी चतरामा पुग्न १८ घण्टासम्म लाग्छ ।  

यही असोज २० गते मङ्गलबार बिहानसम्म यस क्षेत्रमा खतराको तहबाट सतर्कताको तहमा झर्ने अनुमान गरिएको विभागले जनाएको छ । सिन्धुपाल्चोकको नाकोतेमा भने हिउँ पग्लिएर जल सतह बढी आज सतर्कताको तहमा पुगेको छ । यसबाट आत्तिनु पर्ने अवस्था नरहेको वरिष्ठ जलविज्ञ पराजुलीले बताए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार