काठमाडौं, असोज १९ :

प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलाम लगायतका स्थानमा भएको विपद् र जन धनको क्षति प्रति दुःख  व्यक्त गरेकी छिन् ।

आज सामाजिक सञ्जालमार्फत उनले यस कठिन घडीमा, दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकि छिन् । उनले राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकि छिन ।

“विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकि छिन् ।