शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० असोज, २०८२ मा प्रकाशित
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन जना घाइते
पाँचथर, असोज २० :

बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको छ । शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो । फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते हुनुभएको छ । फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन् भने फाल्गुनन्द–५ जौबारीका धनबहादुर चेम्जोङ पहिरोमा परी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

वर्षाका कारण अधिकांश सडकहरु क्षतिग्रस्त हुँदा घाइतेहरु सुविधासम्पन्न अस्पताल जान पाएका छैनन । सरकारी निकायहरुले अवरुद्ध मेची राजमार्ग, तमोर कोरिडोर, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, फिदिम–फालोट लगायत सडक सञ्चालन गर्न मर्मत तथा सफाइका काम थालेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार