
प्रतिकूल मौसमका कारण सर्वोच्च शिखर सगरमाथाको तिब्बत क्षेत्रको पूर्वी भागमा सयौं मानिसहरु फसेको खबर छ ।
बाक्लो हिमपात भएकोले पदमार्ग अवरुद्ध भएको छ ।
पदमार्ग अवरुद्ध भएपछि आरोही र तिनका सहयोगीहरू फसेको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् । केहीको भने उद्धार गरिएको छ । अझै करिब एक हजार भन्दा बढी अझै फसिरहेको रोयटर्सले उल्लेख गरेको छ । फसेकाहरुको पनि उद्धारकार्य जारी छ । उद्धारकर्मीहरु करिब ४ हजार ९०० मिटर माथिको क्षेत्रमा पुगेका र उनीहरुले हिउँ हटाउने र बाटो खुलाउने प्रयास गरिरहेका छन् । हिजोसमुम हिमपात भईरहेको जनाईएको छ ।
सगरमाथाको नेपालतर्फको भागमा पनि हिउँको ढिस्को खसेर पदमार्ग अवरुद्ध भएको थियो । सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको बताईएको छ।
नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन टानले उक्त खण्डमा यात्रा गर्ने पद यात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ।
हिमपातपछि तिब्बतको टिङ्ग्री काउन्टी पर्यटन समितिले सगरमाथा अवलोकनका लागि हुँदै आएको टिकट बिक्री बन्द गरिएको जानकारी गराएको छ ।
राष्ट्रिय दिवसको अवसरमा दिईएको बिदाको अवसरमा सयौं चिनियाँ पर्यटकहरु कर्मा उपत्यका पुगेका थिए । कर्मा उपत्यकाबाट सगरमाथाको पूर्वी भागमा पुगिन्छ ।