
काठमाडौं, असोज २० :
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने चुनावमा आफ्नव पार्टीले भाग लिने बताएका छन् ।
आज पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै प्रचण्डले हामीले चुनावमा जाने र यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गर्ने निर्णय गरेको बताए ।
संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको समेत बताए ।
तोकिएको मितिमा नै निर्वाचन हुनुपर्नेमा पार्टीको जोड रहेको बताउदै अन्य सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्ने धारणा व्यक्त गरे ।