
सिराहा, असोज २० :
सिराहा जिल्लाको मिर्चैया नगरपालिका–३ स्थित बालुवा टोल नजिकै रहेको चन्द्रबती नहरमा एक पुरुष हाम फालेर डुबेको खबर छ।
मिर्चैया नगरपालिका–२ मल्हनिया टोल निवासी करिब ४५ वर्षीय राम सागर ठाकुरले बिहान नहरमा हाम फालेको देखेको स्थानीयले बताएका छन् ।
हाम फालेको देख्ने बित्तिकै स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयामा टेलिफोन मार्फत जानकारी गराएका थिए। खबर प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगिसकेको र उद्धार कार्य भइरहेको छ।
किन हाम फालेको भन्ने कारण अझै खुल्न सकेको छैन । ठाकुरका परिवार आफन्त र स्थानीय समुदाय शोकमा छन् ।