
काठमाडौं, असोज २१ :
निर्वाचन आयोगका पदाधिकारीहरुले आज प्रधानमन्त्री शुशीला कार्कीसंग छलफल गर्दैछन् ।
प्रधानमन्त्रीसँगको छलफलमा फागुन २१ को निर्वाचन तयारीका समग्र पक्षमा कुराकानी हुने बताईएको छ ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । निर्वाचनको तयारी, शान्ति सुरक्षा लगायत बिषयमा बिषयमा छलफल हुने उनलरे बताए ।
प्रधानमन्त्रीसँगको छलफलपछि राजनीतिक दलहरूसँग पनि छलफल गर्ने आयोगले जनाएको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै आयोगले सरोकारवालाहरूसँग छलफल सुरु गर्न थालेको हो ।