सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
राजनीति

बालेन्द्र र सुदन गुरुङविरुद्ध अनेरास्ववियुको जाहेरी दर्ता भएन

प्रहरीले २४ घण्टाभित्र जवाफ दिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ असोज, २०८२ मा प्रकाशित
बालेन्द्र  र सुदन गुरुङविरुद्ध अनेरास्ववियुको जाहेरी दर्ता भएन
काठमाडौं, असोज २१ :

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केही नेताहरु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगे ।

मंगलबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेका हुन् । जाहेरी दर्ता नभए पनि २४ घण्टामा प्रहरीले जवाफ दिने बताएको अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले बताए । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन आफूहरु परिसर आएको उनले बताए ।

भदौ २४ मा जेन—जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार