काठमाडौं, असोज २२ :

महिला टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउदै नेपाली महिला क्रिकेट टोलीले श्रृखला जितेको छ । 

मलेसियामा आज भएको खेलमा मलेसियाले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १८ औं ओभरमा जित निकालेको  हो । यो संगै नेपालले श्रृखला ३ -२ ले जित्यो । नेपाल पहिलो खेलमा नेपाल मलेसियासंग ३ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल ६ विकेटले विजय भएको थियो भने तेस्रो खेलमा १३ रनले हार व्यहोरेको थियो । त्यसैगरी चौथो खेलमा नेपालले  पुनरागमन गर्दै ६ रनले जितेको थियो ।