काठमाडौं, असोज २२ :

साइबर अपराधको कसुरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले आज बिहान सोधपुछ गरेको छ ।

बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उनी उपस्थित भएका थिए  ।  नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएको प्रहरीले जनाएको छ  । विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीमा बयान दिनका लागि  बस्नेत भोटाहिटी स्थित ब्यूरोमा उपस्थित भएका हुन् ।  

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । बस्नेत विरुद्धको जाहेरी यसअघि ब्यूरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।

बस्नेतले महिला केन्द्रित अपशब्द लेखेको तथा  पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले बयानका लागि असोज ५ मा ब्यूरोलाई निर्देशन दिएको थियो ।