सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
राजनीति

सीपी मैनाली भन्छन्- जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ असोज, २०८२ मा प्रकाशित
सीपी मैनाली भन्छन्- जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ
काठमाडौं, असोज २२ :

नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सीपी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्ने बताएका छन् ।

बीपी कांग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको बीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए ।

२०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि  विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताए । देशलाई यो ठाउँमा ल्याउने काम राजनीतिक दलहरु नै गरेको भन्दै शान्ति क्षेत्रको प्रश्तावलाई पनि राजनीतिक दलहरुले नै खारेज गरेको बताए । राजनीतिक दलहरुले नै खुकुलो नागरिकताको नीति लिएको बताए ।

उनले भने, ‘अहिले जुन उनले विचार राख्नुभयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने बीपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ । जाज्वल्यमान बनेको छ । बीपीको २०३३ सालका विचारहरु राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्नेकुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरु नै हौँ । शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’

महासचिव मैनालीले भारत नेपालका लागि धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी गरे । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भने र नमानेको जिकिर गर्नुभयो । भारतले नेपालका लागि सहयोगको कुरा गरे पनि कसरी नेपाल गरिव हुन्छ ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? भन्नेबारेमा सोच्ने गरेको बताए ।  भारतले नेपाललाई आफ्नो क्षेत्र भनेर व्यवहार गरिरहेको बताए । यसबेलामा देशका शक्तिहरु सबै मिल्नुपर्ने बताए । 
उनले भने, ‘हाम्रो दक्षिणको छिमेकी धेरै अफ्ठ्यारो छिमेकी प¥यो । हामी ताक्छौँ मुढो, छिमेकी ताक्छ हाम्रो घुँडो । त्यो छिमेकीले कहिल्यै पनि नेपाल स्वतन्त्र मुलुक भनेर मान्दैन । सार्वभौम भनेर त्यसले अहिले पनि मान्दैन । सहयोगको कुरा जहिल्यै गरेपनि कसरी नेपाल गरिव हुन्छ ? कसरी यिनीहरुलाई तन्नम बनाउने ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? यस्तो अफ्ठ्यारो पार्दछ ।’

महासचिव मैनालीले विगतका राम्रा सिद्धान्तहरु पुनः लागु गर्नुपर्ने जरुरी रहेको बताए । भारतले नेपाललाई निल्नसक्ने जिकिर गरे। देशलाई जोगाउने संविधान र व्यवस्था नल्याइकन नेपाललाई बचाउन नसकिने बताए । परम्परागत राजाको आवश्यकता भइसकेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार