शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
राजनीति

भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमानबाट सुरु गर्नुपर्छ : महेश बस्नेत

प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जान्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ असोज, २०८२ मा प्रकाशित
भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमानबाट सुरु गर्नुपर्छ : महेश बस्नेत
काठमाडौं, असोज २२ :

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले कुलमान जत्तिको भ्रष्टाचारी आफूले अरू नदेखेको बताएका छन् । 

बुधबार पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले भ्रष्टाचारी माथिको छानबिनको प्रक्रिया कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए ।साथै, अर्थमन्त्री रामेश्वर खनालमाथि पनि छानबिन हुनुपर्ने बस्नेतको भनाइ थियो ।

‘भ्रष्टाचारीमाथि छानबिन गर्नुपर्छ, सबैभन्दा पहिला कुलमान घिसिङबाट छानबिन सुरु गर्नुपर्छ, उनले भने,‘ मैले त, उहाँजत्तिको भ्रष्टाचारी कोही देखेको छैन।’

बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने पनि बताए। बस्नेतले भने-‘पार्टीले आधिकारिक ढंगले जाने अथवा कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा हामी अन्तिम छलफल गर्दैछौं ।’ उनले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक-पटक दोहोर्याए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार