काठमाडौं, असोज २३ :

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

आजको बैठकले  केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।  केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टीको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुरस्थापना लगायत विषयमा  आजको बैठकमा छलफल हुने बताइएको छ । 

बैठकमा सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएका छन् । देउवा सहभागी नहुने भएपछि उपसभापति पूर्ण बहादुर खड्काले बैठकको अध्यक्षता गर्ने बताइएको छ । आजको बैठक अनौपचारिक  भएकोले सभापति देउवा नजाने भएको हो ।

नेपाली कााग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गतेको लागि बोलाएको छ ।